सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु


२ फाल्गुन २०७८, सोमबार


सिन्धुपाल्चोक । राहदानी विभागले पुरानो पासपोर्ट (राहदानी) लाई विस्थापित गर्दे ई–पासपोर्ट विद्युतीय राहदानी सेवाग्राहीहरुलाई दिने योजना अनुसार सिन्धुपाल्चोकबाट पनि यो सेवा सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्टका लागि आवेदन दिएकाहरुलाई औपचारिक रुपमा नै इ–पासपोर्ट दिन सुरु गरिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले भक्तपुरकी सीता रघुलाई इ–पासपोर्ट दिँदै सिन्धुपाल्चोकबाट यो सेवाको शुभारम्भ गरेका थिए ।

अनलाइन फारम भरेको बढीमा १५ दिनमा ई–पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए । ई–पासपोर्ट बनेपछि सम्बन्धित सेवाग्राहीको मोबाइलमा नै म्यासेज आउने र म्यासेज आएपछि जिल्ला प्रशासन कार्यालयमा आएर राहदानी लिन सक्ने प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

राहदानी विभागले इ–पासपोर्ट को सुरुवात गरेपछि माघ ९ देखि सिन्धुपाल्चोकमा पनि अनलाइनबाट ई–पासपोर्टका लागि फारम भर्न सकिने व्यवस्था गरिएको थियो ।

जिल्लामा हालसम्म अनलाइनबाट २८६ जना सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ जनाको इ–पासपोर्ट वितरणको क्रममा रहेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

राहदानी विभागले मङ्सिर १ देखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस