चिर्पटले हानेर महिलाको हत्या « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

चिर्पटले हानेर महिलाको हत्या


२ फाल्गुन २०७८, सोमबार


हत्या

काठमाडौँ  । मोरङको उर्लाबारीमा एक जना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका–४ आइतबारेकी ७० बर्सिया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पारिवारिक विवादका क्रममा आइतबार गङ्गाप्रसादले आमालाई चिर्पट प्रहार गरेको प्रहरीले बताएको छ ।

चिर्पट प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा आइतबार राति १०ः२५ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न भएको आरोपमा गङ्गाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

गङ्गाप्रसादलाई सामान्य मानसिक समस्या पनि देखिएको प्रहरीले बताएको छ । उनी विरुद्ध मुद्दा चलाउने तयारी भएको श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस