सुकेटार विमानस्थल पुनः सञ्चालनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुकेटार विमानस्थल पुनः सञ्चालनमा


२ फाल्गुन २०७८, सोमबार


फुङ्लिङ । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए ।

विगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उनले बताए ।

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो ।

निगमले सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस