देउवा, प्रचण्ड र नेपालबीच छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देउवा, प्रचण्ड र नेपालबीच छलफल


२९ माघ २०७८, शनिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच आज पनि छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनभित्र विवाद छ ।

नेपाली काँग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा यो सम्झौता संसदबाट छिटो पारित गर्ने पक्षमा छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने एमसीसी सम्झौता संशोधनविना पारित गर्न नहुने अडानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस