संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा खटाएका दुई विदेशी पत्रकार काबुलमा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा खटाएका दुई विदेशी पत्रकार काबुलमा पक्राउ


२९ माघ २०७८, शनिबार


काबुल । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको कार्यभारमा रहेका दुई अन्तर्राष्ट्रिय पत्रकारलाई अफगानिस्तानको राजधानीमा पक्राउ गरिएको युएनएचसीआरले शुक्रबार जनाएको छ ।

यूएनएचसीआर र उनीहरूसँग काम गरिरहेका अफगान नागरिकहरूसँग काम गरिरहेका दुई पत्रकारलाई काबुलमा थुनिएको हो ।

‘हामी अरुसँग समन्वय गरेर परिस्थितिको समाधानका लागि प्रयास गरिरहेका छौं,’ यूएनएचसीआरले ट्वीटमार्फत् उनीहरूको रिहाईका लागि गरेको प्रयासबारे बताएको छ ।

ती पत्रकारमध्ये एक बेलायती पूर्व बीबीसी संवाददाता एन्ड्रु नर्थ छन् । उनले करिब दुई दशकदेखि बीबीसीका लागि अफगानिस्तानबारे समाचार लेख्दै आएका थिए । युद्धग्रस्त अफगानिस्तानमा उनी निरन्तर यात्रा समस्याको समाचारमार्फत् उजागर गर्दै आएका थिए ।

‘एन्ड्रुले अफगानिस्तानका जनतालाई मानवीय सहयोग पुर्याउने कार्यमा युएनएचसीआरका लागि काम गर्दै काबुलमा रहेका थिए ।’ उनकी पत्नी नतालिया एन्टेलाभाले ट्वीटमा उल्लेख गरेका छन् ।

‘हामी उहाँको सुरक्षाको लागि अत्यन्तै चिन्तित छौं र प्रभाव भएका जोसुकैलाई पनि उहाँको सुरक्षित रिहाई गर्न पहल थाल्न आह्वान गर्दछौं ।’

यसमा तालिवान अधिकारीहरूको कुनै पनि सम्लग्नताबारे तालिवान सरकारका प्रवक्ता मुजाहिदले अस्वीकार गरेका छन् । तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अधिकारीहरूले यस मामिलामा छानबिन गरिरहेको बताएका छन् ।

मुजाहिदले भने, ‘हामीले यसबारे जानकारी प्राप्त गरेका छौं र उनीहरूलाई थुनामा राखिएको छ कि छैन पक्का गर्ने प्रयास गरिरहेका छौं ।’

तालिबानको अफगानिस्तानको सत्तामा बहिर्गमनपछि उनीहरूले महिला विरोध प्रदर्शनलाई बलपूर्वक दबाउने गरेको, आलोचकहरूलाई पक्राउ गर्ने दुरूत्साहन गर्ने र धेरै पत्रकारहरूलाई सजायँ दिँनेजस्ता उपायमार्फत् मतभेदलाई दमन गरेका छन् ।

दुई जना अफगान पत्रकारलाई रिहा हुनुभन्दा केही दिनअघि यस महिनाको केही दिन हिरासतमा राखिएको थियो । तालिबान विरोधी प्रदर्शनहरूमा भाग लिएपछि गत महिनादेखि चार जना महिला प्रदर्शनकारी हराइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस