८ सचिवको सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

८ सचिवको सरुवा


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । सरकारले ८ जना सचिव(विशिष्ट श्रेणी)को सरुवा गरेको छ । 

पछिल्लो मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष सूत्रका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएको छ भने वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालमा तानिएको छ ।  भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियालाई पठाइएको छ । 

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पुर्‍याइएको छ भने सार्वजनिक खरिदकी देव कुमारी गुरागाईँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (जनसंख्या) मा खटाइएको छ ।  

प्रशासनलाई प्राप्त विवरण अनुसार सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय(प्रविधि)सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानीकी प्रमीला देवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालय पुगेकी यमकुमारी खतिवडाको स्वास्थ्य मन्त्रालयमा गरिएको काज फिर्ता गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमै राखिएको छ । 

पछिल्लो समय उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापन तिव्रताका साथ भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस