बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, बजेटको आकार घट्यो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, बजेटको आकार घट्यो


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयमा आज (बिहीबार) आयोजित एक कार्यक्रममार्फत समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

अर्धवार्षिक समीक्षामार्फत सरकारले बजेटको आकार समेत घटाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब बराबर मात्रै बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा पुँजीगत तर्फ ३ खर्ब ४० अर्ब अर्थात् विनियोजित बजेटको ९० प्रतिशत खर्च गर्ने पनि बताए ।

विकास बजेट बढाउनका लागि सरकारले सबै शक्ति प्रयोग गर्ने उनको भनाइ छ । उक्त कार्यक्रममा शर्माले कोभिड- १९ महामारी पछिको अर्थतन्त्र पुनरुत्थानमा उत्साहजनक प्रगति देखिएको बताए ।

विकास खर्च बढ्न नसक्नुमा संरचनाको सुदृढीकरण प्रमुख समस्या रहेको र विभिन्न ऐन नियमहरु बाधकका रुपमा रहेको अर्थमन्त्री शर्माले बताए । आयोजनाको प्राथमिकीकरण हुन नसकेको र श्रोत सुनिश्चितता बिनै योजना बनाउँदा समस्या देखिएको उनले बताए ।

अब अर्थ मन्त्रालयबाट समन्वय र सहकार्यमा कुनै कसुर बाँकी नराख्ने मन्त्री शर्माको भनाइ छ । हाल क्रिप्टो र भर्चुअल मुद्राको कारोबार नयाँ चुनौतीका रुपमा देखिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस