वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर , ३५ लाखभन्दा बढी बिगो दाबी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर , ३५ लाखभन्दा बढी बिगो दाबी


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका-५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पोखरी ठेक्काबापतको रकम राज्यलाई नबुझाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

यादवसँग ३५ लाख २१ हजार २ सय ४ रुपैयाँको बिगो दाबी गरिएको छ । साबिक सहोडवा गाविस-६ मा पर्ने सुब्बा पोखरी गाविसले वडाध्यक्ष यादवलाई २०७१ भदौ देखि २०७६ भदौ मसान्तसम्म ठेक्कामा लगाएको थियो । उक्त क्षेत्र हाल पिपरा गाउँपालिका-५ मा पर्छ ।

यादवले २०७३ माघ ४ गतेसम्म १९ लाख ४२ हजार ८ सय १ रुपैयाँ भुक्तान गरे पनि त्यसपछि बाँकी रकम नतिरेको अख्तियारले दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस