सारेगमप लिटिल च्याम्स विजेता पौडेललाई स्वागत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सारेगमप लिटिल च्याम्स विजेता पौडेललाई स्वागत


२७ माघ २०७८, बिहिबार


झापा । ‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनकी विजेता कृपा पौडेललाई आज यहाँ भव्य स्वागत गरिएको छ ।

उनलाई भद्रपुर विमानस्थलमै जिल्लावासीले फूलमालाले भव्य स्वागत गरेका हुन् । उनी विजेता बनेपछि आज पहिलो पटक गृह जिल्ला फर्किएकी हुन् ।

विमानस्थलमै सयौँको सङ्ख्यामा स्वागतका लागि लामबद्ध साहित्यकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, आफन्तजनसँग उनले खुसी हुँदै भनिन्, ‘यो मेरो मात्र होइन जिल्लावासीकै सफलता हो ।’

उनलाई विमानस्थलबाट बाजागाजासहित १७ किलोमिटरसम्मको दूरीमा रहेको गृह नगर बिर्तामोड पुर्‍याइएको छ । पौडेललाई जिताउन जिल्लामा नगेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा ‘कृपा जिताऊ अभियान’ नै सञ्चालन गरिएको थियो ।

सो अभियानले विर्तामोडस्थित झापा नाटक घरमा आज सम्मानको कार्यक्रमसमेत आयोजना गरेको समितिकी सदस्य तथा नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस