नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जना पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जना पक्राउ


२७ माघ २०७८, बिहिबार


पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेका उनीहरुलाई लिखत सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस