राजश्व ठग्ने याक एण्ड यतिको फाइभस्टार दर्जा र क्यासिनो लाइसेन्स रद्द « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजश्व ठग्ने याक एण्ड यतिको फाइभस्टार दर्जा र क्यासिनो लाइसेन्स रद्द


२६ माघ २०७८, बुधबार


काठमाडौँ । पर्यटनले याक एण्ड यति होटेलको क्यासिनोको लाइसेन्स रद्द गरेको छ ।

४२ करोड रुपैयाँ भन्दा बढी राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटेलको पाँच तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।

होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र वैंक तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबार रोक्का राख्ने निर्णयसमेत भएको विभागले जनाएको छ ।

मन्त्रालयले रोयल्टी नबुझाउने क्यासिनो सञ्चालकको तीन पुस्ते विवरणसहितको सूचना निकालेर अन्तिम मौका दिएको थियो । यसबिचमा केही क्यासिनोले राजश्व बुझाएका छन् भने नबुझाउनेको लाइसेन्स रद्द गर्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस