मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न लोसपाको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न लोसपाको आग्रह


२६ माघ २०७८, बुधबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २०७९ मा गर्न माग गरेको छ ।

सरकारले गत सोमबार मात्र स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ । अघिल्लो पटक तीन चरणमा चुनाव भएको भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोगले बताएको छ ।

यसले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने लोसपाले बताएको छ ।

लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल भन्छन्, ‘संविधानले स्थानीय जनप्रतिनिधिको पदावधि ५ वर्ष हुन्छ भनेको छ । मधेश प्रदेशका जनप्रतिनिधिको कार्यकाल ५/६ महिना कटौती गर्ने अधिकार कसैलाई छैन, निर्वाचन आयोगलाई पनि छैन ।’

मधेश प्रदेशमा आगामी असोजमा निर्वाचन गर्नुपर्ने उनी बताउँछन् । ‘हामी आवधिक निर्वाचनको पक्षमा छौँ, स्थानीय निर्वाचन घोषणाको पनि स्वागत गरेका छौँ,’ उनले भने, ‘तर कसैको अधिकार कुण्ठित गर्ने कसैको मनसाय हुनुहुन्न । मधेश प्रदेशको निर्वाचन असोजमा गर्ने वातावरण बनाउनुपर्छ ।’

२०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । तत्कालीन प्रदेश २ (हालको मधेश प्रदेश) मा २०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस