राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस


२६ माघ २०७८, बुधबार


बझाङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस भएका छन् । जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका ती विद्यालयलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहले बताए ।

तलकोट गाउँपालिकाका, १८ खप्तडछान्नाका २२, छविसपाथि भेराका २७, मस्टाका २२, बुङ्गलका ४०, सुर्माका ११, थलारा गाउँपालिकाका २३, जयपृथ्वी नगरपालिकाका १२, दुर्गाथली गाउँपालिकाका ४, केदारस्युका ४१, वित्थडचिरका ५ र साइपाल गाउँपालिकाका तीन विद्यालय सिफारिस गरिएका हुन् ।

आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाइएको सूचना अधिकारी सिंहले बताए । उक्त कार्यक्रममा सफल विद्यालयमा दुई कोठे/चार कोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

अहिले सिफारिस गरेर पठाएका विद्यालयमा अधिकांशले विद्यालयको भवन निर्माण, शौचालय निर्माण, घेराबार, ल्याब स्थापनाको माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस