एमसीसीको सीईओमा एलिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमसीसीको सीईओमा एलिस


२६ माघ २०७८, बुधबार


काठमाडौँ । एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चयन भएकी छन् ।

अलब्राइटलाई सीईओ बनाउने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मत पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएको हो ।

एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई दिंदै उनको स्वागतका लागि उत्साहित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘संयुक्त राज्य अमेरिका र एमसीसी परिवार हामी सबै एलिसलाई स्वागत गर्न निकै उत्साहित छौं ।’ एमसीसीको इतिहासको एक महत्वपूर्ण समयमा एलिस नेतृत्वमा आएको उनले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस