प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । बुधवारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद् सचिवालयले सूचना जारी गर्दै फागुन २ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।

विशेष कारणले बैठक स्थगित भएको सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

सूचनामा भनिएको छ, ‘माघ २६ गते बुधवार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम फागुन २ गते सोमबार दिउँसो १ बजे बस्ने व्यवहोरा सूचना प्रकाशित गरिएको छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाएकोमा सभामुखले माहौल राम्रो नभएको भन्दै टेबुल नगर्ने अडान लिइरहेका छन् । यही विवादलाई पन्छाउन सभामुखले बैठक स्थगित गरेका हुन् ।

यसअघि माघ १६ आह्वान गरिएको बैठक कोरोनाका कारण भन्दै स्थगित भएको थियो । एमसीसी विवादलाई पछि धकेल्न सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सुझावअनुसार नै सभामुखले बैठक स्थगित गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस