कर्मचारीको स्वैच्छिक अवकासको सुविधा कटौती « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कर्मचारीको स्वैच्छिक अवकासको सुविधा कटौती


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीले पाउँदै आएको स्वैच्छिक अवकास सुविधा कटौती गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम १०० मा भएको स्वैच्छिक अवकासको व्यवस्था १ साउन २०७९ देखि खारेज गर्ने गरी प्राधिकरणको २१ पुस २०७८मा बसेको ८९४औं सञ्चालक समिति बैठकले निर्णय गरेको हो ।

प्राधिकरणले विनियमावलीमा तोकिएको शर्त पुरा गरेका स्वैच्छिक अवकासका लागि इच्छुक कर्मचारीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर २०७९ असार मसान्तभित्र प्राधिकरणको जनसाधन विभागमा दर्ता हुने गी आवेदन गर्न सूचित गरेको छ । असार मसान्तपछि लागू हुने गरी दिइएका निवेदन माथि कुनै कारवाही नहुने पनि प्राधिकरणले जनाएको छ ।

विनियमावली अनुसार २० वर्ष वा सो भन्दा बढी स्थायी सेवा अवधि पुरा गरेका र स्वैच्छिक अवकाश पाउन आवेदन गरेको मितिबाट अनिवार्य अवकास पाउन एक वर्षभन्दा बढी सेवा अवधि बाँकी रहेका कर्मचारीले स्वैच्छिक अवकाश लिन पाउने व्यवस्था छ । स्वैच्छिक अवकाश पाउने कर्मचारीले एक वर्षको खाइपाई आएको तलब बराबरको रकम एकमुष्ट लिएर विदा हुन पाउँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस