काठमाडौँ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगसँगको परामर्शपछि मन्त्रिपरिषदले निर्वाचनको मिति तय गरेको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा १ अनुसार निर्वाचनको मिति तय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।
यस्तै सरकारले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण पहिलो संशोधन नियमावली २०७८ र डिजिटल प्रणालीबाट नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले वर्ड फ्लु नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ हिमालय कृषि फार्मलाई केन्द्र मानेर वर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको हो ।
यी हुन थप निर्णय :
