लुम्बिनी प्रदेश : प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी दरबन्दी अवधि थप « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

लुम्बिनी प्रदेश : प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी दरबन्दी अवधि थप


२५ माघ २०७८, मंगलबार


बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी सङ्गठन संरचना र दरबन्दीको अवधि थप गरी २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषदका निर्णय आज (मंगलबार) सार्वजनिक गर्दै योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको कर्मचारीको कार्यकाल सकिन लागेकाले थप गरिएको जनाएको हो ।

यस्तै सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीको अवधि पनि २०७९ सालको असारसम्मको लागि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

यस्तै बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानमा विज्ञ सदस्यमा बुटवलका कमल बहादुर श्रीस थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसै गरी मन्त्रिपरिषद् बैठकले पाल्पा दरबार सङ्ग्रहालय विकास समिति (गठन) आदेश, २०७८ स्वीकृत गर्ने र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७८ को अनुसूची हेरफेर स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८ स्वीकृत गर्ने र प्रदेश खेलकुद विकास ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस