लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डिराज भट्टराई नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डिराज भट्टराई नियुक्त


२५ माघ २०७८, मंगलबार


बुटवल । लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डिराज भट्टराई नियुक्त भएका छन् ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आबद्ध छन् । उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सह इन्चार्ज समेत हुन् ।

आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने भट्टराईले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस