२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमै महिला बन्दीगृह निर्माण

अ+ अ-

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा महिला बन्दीगृह निर्माण गरिएको छ ।

कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेराबारा गरी महिला बन्दीगृह निर्माण गरिएको हो । कूल ४० लाखको लागतमा २० जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिएका हुन् ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट २० लाख बजेट विनियोजन गरी उक्त भवन निर्माण गरिएको हो । महिला बन्दीगृह निर्माण सम्पन्नपश्चात पोखरालगायतका लामो दूरीमा महिला कैदीबन्दीलाई पठाउनुपर्ने बाध्यताको अन्त्य हुने कारागार प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले केही दिन अनुगमन गरी निर्माण भएको बन्दीगृहमा महिलालाई राख्न उपयुक्त भएको ठहर गरी कारागार विभागलाई पत्राचार गरेको छ ।

कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । एन्जल कन्स्ट्रक्सनले महिला बन्दीगृह निर्माण गरेको कारागारले जनाएको छ । पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने म्याद रहे पनि उक्त अवधिमा पूरा नभएकाले फागुन १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ ।

कारागारका अनुसार वार्षिकरूपमा १५ महिलालाई जिल्लामा महिला बन्दीगृह नहुँदा बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताइएको छ । एक सय १५ जना क्षमताको तनहुँ कारागारमा हाल ‘ए’ ब्लकमा १४५ र ‘बि’ ब्लकमा ११२ गरी २५६ जना कैदीबन्दी रहेका छन् ।

कोरोना सङ्क्रमण बढेसँगै तनहुँ कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा कोरोना सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आफन्तसँग भेटघाट बन्द गरिएको हो ।

सङ्क्रमणबाट सुरक्षित हुन नयाँ कैदीबन्दी र कोरोना लक्षण देखिएका बिरामीलाई कारागारको पुरानो भवनमा अलग्गै राख्ने गरिएको कारागारका सूचना अधिकारी अधिकारीले बताए ।