निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियुले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको प्रतिनिधिमण्डलले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई एक ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनताको दैनिक जनजीवन प्रभावित भएको र मूल्य घटाउन दिनहुँ सडकमा प्रदर्शन भए पनि सरकार उदासीन भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले यसको दीर्घकालीन समाधानको माग गरे ।

अनेरास्ववियुले विद्यार्थीलाई विद्युतीय चुल्हो निःशुल्क वितरणका लागि माग गर्दै विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन आग्रह गरिएको छ ।

इन्धनको दीर्घकालीन समस्या समाधानका लागि विद्युतीय चुल्हो उपलब्ध गराई योजनाबद्ध रूपमा काम गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले विद्युतीय चुल्होको प्रयोगका सम्बन्धमा सरकारले योजनाबद्ध प्रयास गरिरहेको र निकट भविष्यमा नै सकारात्मक नतिजा देखिने विश्वास व्यक्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस