सडक डिभिजन कार्यालय ललितपुर पुनःस्थापना « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सडक डिभिजन कार्यालय ललितपुर पुनःस्थापना


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । सडक डिभिजन कार्यालय ललितपुर खारेज भएको झण्डै आठ महिनापछि पुनःस्थापना भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले हरिहर भवनस्थित कार्यालय पुगेर यसको उद्घाटन गरिन् ।

कार्यालय विगत रहेकै ठाउँमा छ भने यहाँको कर्मचारी गत आवभन्दा केही घटेको छ । अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठमा डिभिजन खारेज गरेको डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए ।

डिभिजन खारेजी गर्ने सरकारको निर्णयपछि जिल्लाका राजनीतिक दलहरूले यसको पुनःस्थापनाको माग गर्दै आएका थिए । सडक विभागले पनि त्यतिबेला नै डिभिजन खारेजी नचाहेको उनले बताए ।

उनले भने, ‘यहाँ डिभिजन चाहिन्छ भनेर राजनीतिक नेतृत्वले आवाज उठाएकै कारण अघिल्लो महिना पुनः स्थापना भएको थियो ।’

डिभिजनको कार्यालय पहिले भएकै स्थानमा रहेको छ भने यहाँको दरबन्दी विगतमा कायम दरबन्दीभन्दा छ जना कम भएको छ । डिभिजनमा पहिले ३२ जनाको दरबन्दी रहेकामा अहिले प्रशासन, केही कार्यालय सहायक र सवारी चालक घटेर अहिले २६ जना कायम भएको छ ।

सडक विभागले पनि विगतदेखि नै ललितपुरमा डिभिजन कार्यालय हुनुपर्छ भन्ने चाहेको प्रमुख अधिकारीले बताए ।

सडक निर्माण र मर्मतको काम नजिकैबाट अनुगमन गर्न डिभिजन आवश्यक भएको उनले बताए । उनले भने, ‘अनुगमन टाढाबाट गर्दा गुणस्तर कायम गर्न गाह्रो हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस