एमसिसीबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमसिसीबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक


२४ माघ २०७८, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले एमसिसीबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले २८ र २९ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

यसअघि कोरोनाका कारण पटक–पटक रोकिएको बैठक यस पटक भने भौतिकरुपमै बस्न लागेको ढकालले जानकारी दिए ।

बैठकले पदाधिकारीको चयन, नेताहरुको कार्यविभाजन र निर्वाचनसम्बन्धी अभियान पनि घोषणा गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस