यस्तो छ पर्यटन बोर्डका सीईओलाई हटाउन जाँचबुझ समितिले बुझाएको प्रतिवेदन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस्तो छ पर्यटन बोर्डका सीईओलाई हटाउन जाँचबुझ समितिले बुझाएको प्रतिवेदन


२४ माघ २०७८, सोमबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख(सीईओ) धनञ्जय रेग्मीको सम्बन्धमा गठित जाँचबुझ उप–समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा विभिन्न ११ वटा गल्ती औँल्याउँदै पदबाट बर्खास्त गर्नुपर्ने राय दिएको छ । कार्यकारी समितिले गठन गरेको उपसमितिले एक साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठित तीन सदस्यीय जाँचबुझ उप–समिति सदस्यमा बोर्डका सदस्य ङावा शेर्पा र सदस्य–सचिव मन्त्रालयका सह–सचिव होमप्रसाद लुइँटेल रहेका थिए ।

प्रतिवेदनमा सरकारी निर्णय तथा निर्देशन कार्यान्वयन नगरेको, सरकारी सम्पत्ति हानी नोक्सानी हुने काम गरेको, क्षेत्राधिकारभन्दा बाहिर गएर काम गर्न खोजेको, अनावश्यक योजनाहरूमा बजेट वितरण गरेकोलगायत ११ वटा गम्भीर आरोपहरू लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस