अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता


२४ माघ २०७८, सोमबार


जेरुसेलम । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।

इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उनीहरुका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत जनाएको हो । इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

सो वक्तव्यका अनुसार फोनवार्ताकै क्रममा प्रधानमन्त्री बेनेटले अमेरिकी राष्ट्रपति बाइडेनलाई इजरायल भ्रमणको निम्ता दिएका थिए । इरानी आणविक कार्यक्रमका कारण पछिल्लो समयमा अमेरिका र इरानबीच विवाद उत्पन्न भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस