भारतमा लता मंगेशकरको निधनमा दुई दिन शोक बिदा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

भारतमा लता मंगेशकरको निधनमा दुई दिन शोक बिदा


२३ माघ २०७८, आइतबार


काठमाडौँ । भारत सरकारले गायिका लता मंगेशकरको निधनमा शोक बिदा दिएको छ।

भारतीय गृह मन्त्रालयले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै आइतबार र भोलि (सोमबार) बिदा दिन निर्देशन दिएको हो।

आइतबारदेखि सोमबारसम्म देशभर राष्ट्रिय झन्डालाई आधा झुकाइने मन्त्रालयलाई उद्धृत गर्दै इकोनमिक टाइम्सले जनाएको छ।

केन्द्र सरकारले स्वर्गीय लता मंगेशकरको सम्मानमा फेब्रुअरी ६ देखि ७ गतेसम्म दुई दिन शोक मनाउने र यस अवधिमा कुनै औपचारिक मनोरञ्जन नगर्ने निर्णय गरिएको छ, विज्ञप्तिमा उल्लेख छ।

मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन् ।

केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोनाभाइरसको सङ्क्रमण पनि देखिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस