टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण


२३ माघ २०७८, आइतबार


अंकारा । टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना सङ्क्रमण भएको उनले जानकारी दिएका हुन् ।

उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्विट गरेर जानकारी एका छन्। शनिबार ट्विट गरेर उनले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको सङ्क्रमण भएको पनि बताएका हुन् ।

उनले आफू र आफ्नो परिवार सङ्क्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताएका छन् ।

त्यस्तै यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ ।

यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड सङ्क्रमण झन्डै दोब्बर भएको बताइएको छ ।

यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस