प्रदेश १ : मन्त्रिपरिषद् विस्तार ,८ मन्त्रीले लिए शपथ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ : मन्त्रिपरिषद् विस्तार ,८ मन्त्रीले लिए शपथ


२३ माघ २०७८, आइतबार


मोरङ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका झलनाथ खनाल निकट खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नाता सम्बन्धका उपेन्द्र घिमिरेले शपथ लिएका हुन् ।

काँग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा ओमप्रकाश सरावगी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रताप प्रकाश हाङ्गामले शपथ लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस