वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशलगायत हनुमानढोकामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशलगायत हनुमानढोकामा


२३ माघ २०७८, आइतबार


काठमाडौँ । हरेक वर्ष माघ शुक्ल पञ्‍चमीका दिन मनाइने श्रीपञ्‍चमी आज देशभर विद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइदै छ ।

श्रीपञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर परम्परानुसार वसन्त श्रवण गरेकी छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान साढे १० बजेको साइतमा उनले वसन्त श्रवण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन् ।

वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, सभामुख अग्‍निप्रसाद सापकोटालगायतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस