मोबाइल बैङ्किङ र वालेटमा अन्तरआवद्धता लागू गर्न राष्ट्र बैङ्कको निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मोबाइल बैङ्किङ र वालेटमा अन्तरआवद्धता लागू गर्न राष्ट्र बैङ्कको निर्देशन


२१ माघ २०७८, शुक्रबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ । एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन राष्ट्र बैङ्कले निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैङ्कको सो निर्देशनसँगै अब कुनै वालेट जस्तै ई सेवाबाट अर्को वालेट खल्तीमा पैसा पठाउन सकिनेछ । एउटा वालेटबाट अर्को कम्पनीको वालेटमा रकम पठाउन सकिने व्यवस्था यस अघि अनिवार्य थिएन । यस्तै व्यवस्था क्यूआरका लागि पनि लागू हुने राष्ट्र बैङ्कले बताएको छ ।

क्युआर कोडमा ९५ प्रतिशत भन्दा ठुलो हिस्सा फोन पेको मात्रै थियो । अर्को कम्पनी स्मार्ट क्यूआरको सबै ठाउँमा सेवा विस्तार भइसनक्सदा भुक्तानीमा सर्वसाधारणलाई समस्या हुने गरेको थियो ।

फोन पेको क्युआर र स्मार्ट च्याइसको क्युआर एक अर्कामा अन्तरआवद्धता नहुँदा भुक्तानीमा अप्ठेरो पर्ने गरेको थियो । अब एकले अर्काको क्युआर सहजै स्वीकार गर्नुपर्नेछ ।

यसका लागि ६ महिनाको समय दिएको राष्ट्र बैङ्कले जनाएको छ । ६ महिनाभित्र सबै कम्पनीहरूले सम्झौता गरी एक अर्कामा अन्तरआवद्धता भइसक्नु पर्ने र कुनै कारणले हुन नसके राष्ट्र बैङ्कलाई जानकारी गराउन समेत निर्देशन दिइएको बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस