कोरोना महामारीका कारण बन्द भएका पश्चिम बंगालका विद्यालयहरु पुनः खुल्ला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कोरोना महामारीका कारण बन्द भएका पश्चिम बंगालका विद्यालयहरु पुनः खुल्ला


२१ माघ २०७८, शुक्रबार


कलकत्ता । कोरोनाभाइरसको महामारीका कारण बन्द भएका भारतको पश्चिम बंगालका विद्यालयहरू फेरि खुल्ला भएका छन् ।

कक्षा ८ देखि १२ सम्मको पढाई बिहीबारदेखि सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गरिने घोषणा गत सोमबार गरेकी हुन् ।

उनका अनुसार विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले गत जनवरी ३ देखि विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन कार्य बन्द गरेको थियो ।

सरकारले त्यति बेलादेखि नै स्पा, सैलुन, ब्युटी पार्लर, चिडियाखाना, मनोरञ्जनस्थललगायत बन्द गर्ने निर्णय गरेको थियो ।

दुई वर्ष अगाडि सुरु भएको महामारीका कारण विद्यालयमा पठनपाठनको वातावरण बन्न नसकेको शिक्षक तथा विद्यार्थीहरूले बताएका छन् ।

एक विद्यार्थीले भने, “महामारी आउनु पूर्व म कक्षा ८ मा पढ्दै गरेको थिएँ । अहिले कक्षा १० मा पढ्न थालेको छु । यो बीचमा पटक पटक लकडाउन लागु भयो । त्यस बेला मेरो राम्रा नराम्रा सबैको मिश्रित अनुभव भयो । मैले पढ्ने महत्त्वपूर्ण वातावरण लामो समय गुमाएको छु ।”

Tags :
प्रतिक्रिया दिनुहोस