२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणहिटी सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न मन्त्री आलेको निर्देशन

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न निर्देशन दिएका छन् ।

सङ्ग्रहालयको हिजो (बिहीबार) अनुगमन तथा निरीक्षणपश्चात् मन्त्री आलेले पर्यटक आकर्षित गर्न तथा दरबारको अस्तित्व जोगाइ राख्नका लागि आकर्षक र सुन्दर बनाउनुपर्ने बताए ।

उनले भने, ‘नारायणहिटी ऐतिहासिक दरबार हो, यसको सुन्दरतामा कमी नहोस्, बजेट आवश्यक परे माग्नुस् ।’ निरीक्षण तथा अनुगमनका मन्त्री आलेले सङ्ग्रहालयको अगाडिको घरको छाना मर्मत, दरबारको रङ्गरोगन, दरबार अगाडिको भर्याङ मर्मत, भित्रका सरसामानको सफाइ गर्न तथा दिगो राख्न, महेन्द्र मञ्जिलको छानो मर्मत गर्न निर्देशन दिए ।

सो अवसरमा मन्त्री आलेले सङ्ग्रहालयमा रहेका पूर्व राजा तथा विदेशी पाहुनाका लागि प्रयोग गरिएका गाडीको सरसफाइ र मर्मत गरी प्रदर्शनीका लागि राख्न निर्देशन दिए ।

बतास कम्पनीले निर्माण गरी भत्काएका संरचना हटाएर बगैँचा निर्माण तथा पहिलाकै अवस्थामा संरचना निर्माण गर्न उनले निर्देशन दिए ।

मन्त्री आलेले सङ्ग्रहालयको जमिनमा निर्माण गरिएका संरचनाका विषयमा मन्त्रालयले १५ दिन अघि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेकाले सम्बन्धित निकायलाई कारबाही प्रक्रिया अघि बढाउन पहल गरिने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव एवं सङ्ग्रहालयका अध्यक्ष महेश्वर न्यौपानेले सङ्ग्रहालयका संरचना र सामग्रीको रेखदेख तथा मर्मत र सरसफाइमा ध्यान दिन त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिए । सो कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस