गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने


२० माघ २०७८, बिहिबार


School

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आगामी आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगरक्षेत्रका सामुदायिक एवं संस्थागत विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गर्दै माघ २३ देखि भौतिकरूपमै खोल्ने भएको हो ।

कोरोना सङ्क्रमण जोखिमका कारण देखाउँदै स्थानीय प्रशासनले माघ मसान्तसम्म विद्यालय बन्द कायमै राख्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय सङ्क्रमण दर घट्न थालेपछि साथै अधिकांश विद्यार्थीले कोभिड-१९ विरुद्धको खोप पाइसकेकाले पनि स्वायत्त निकाय स्थानीय तहले एक कदम अघि बढेर विद्यालय खोल्ने निर्णय गर्न थालेका हुन् ।

नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेसागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार शिक्षा समितिको हिजो (बुधबार)को बैठकले विद्यालय खोल्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले बताए ।

नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगतालाई अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाले सबै सामुदायिक तथा निजी विद्यालयलाई जानकारी गराएको छ ।

नगरपालिकाले मापदण्ड पालना भए/नभएको अनुगमनमा जोड दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस