एमालेले सबै जिल्ला कार्यालयमा एक जना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमालेले सबै जिल्ला कार्यालयमा एक जना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने


१९ माघ २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एक जना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ ।

केन्द्रीय सचिवालयको आज (बुधवार) बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए ।

यस्तै एमालेले फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना बनाएको छ ।

साथै नेकपा एसमा गएका सदस्यहरुलाई पार्टी सदस्यको अभिलेखबाट हटाउने र सदस्यता अद्यावधिक गर्ने गरी नयाँ योजना बनाइएको छ ।

एमालेले पार्टी सदस्यता शुल्कको ४० प्रतिशत केन्द्रीय कार्यालय,२५ प्रतिशत प्रदेशमा र २५ प्रतिशत जिल्लामा राखेर १० प्रतिशत पालिका कमिटीमा राख्न समेत निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस