पछिल्लो २४ घण्टामा थप ५,५८३ जनामा कोरोना सङ्क्रमण, ९ जनाको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पछिल्लो २४ घण्टामा थप ५,५८३ जनामा कोरोना सङ्क्रमण, ९ जनाको मृत्यु


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय सङ्क्रमित छन् भने ८ हजार २६७ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस