आइपिएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्र « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आइपिएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्र


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । विश्वकै सबैभन्दा महँगो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल २०२२)को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश भएका छन् ।

नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको हो ।

सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख रुपैयाँ) रहेको छ । उनी सूचीको ९४औँ क्रममा रहेका छन् ।

अघिल्लो सिजनमा आइपिएलका कुनै टिममा आबद्ध नभएका सन्दीप त्यसअघि तीन सिजन दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए ।

फेब्रुअरी १२ र १३ मा हुने अक्सनका लागि ५ सय ९० क्रिकेटरको नाम समावेश गरिएको छ । जसमा २ सय २८ क्याप्ड, ३ सय ५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस