संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसरमा प्रदर्शन, अध्यक्षसहित १४ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसरमा प्रदर्शन, अध्यक्षसहित १४ जना पक्राउ


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै आज बिहान प्रदर्शन गरेको थियो ।

प्रहरीले फेकोफनका अध्यक्ष भारती पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस