२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाले दियो त्रिविलाई सिटी स्क्यान मेसिन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन प्रदान गरेको छ ।

हिजो एक कार्यक्रमबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सिटी स्क्यान मेसिन खरिद गर्न कामपा र अस्पतालबीच २०७७ साल मङ्सिर ३० गते सम्झौता भएको थियो । फ्लास टेक्नोलोजीमा आधारित मेसिन १२८ स्लाइसको रहेको बताइएको छ ।

स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रहेको छ ।

कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कामपाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सकारात्मक परिणाम देखिन थालेको बताए । सामुदायिक अस्पतालको प्राविधिक क्षमता विकास गरेर र उपचारका लागि बिरामीमा विश्वास बढाएर निजी स्वास्थ्य संस्थाभन्दा अब्बल बन्नुपर्ने कार्यक्रमम प्रमुख शाक्यको धारणा थियो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा डा दिव्यासिंह शाहले आधुनिक चिकित्सा विज्ञानमा सिटी स्क्यान नभई नहुने हतियार रहेको भन्दै दुर्घटना परेका व्यक्ति, मस्तिष्कघात भएका व्यक्तिको परीक्षणका लागि उक्त मेसिन अत्यावश्यक रहेको बताए । ‘विगत २ वर्षदेखि सिटी स्क्यानविहीन भएको अस्पताललाई कामपाले सहयोग गर्यो । यो सहयोग अतुलनीय छ’, शाहले भने ।

प्रतिक्रिया दिनुहोस