कर्णाली प्रदेशसभाको बैठक स्थगित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कर्णाली प्रदेशसभाको बैठक स्थगित


१७ माघ २०७८, सोमबार


सुर्खेत । कर्णाली प्रदेशसभाको आज(सोमबार)का लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार विशेष कारणवश आज १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

प्रदेशसभाको अर्को बैठक भोलि (मंगलबार) १ बजेका लागि बोलाइएको छ । दलहरुबीच बैठक सञ्चालनबारे छलफल भइरहेको छ ।

अहिले नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल, नेकपा माओवादी केन्द्रका दलका नेता महेन्द्रबहादुर शाही र नेपाली काँग्रेस दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाही छलफलमा जुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस