२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

अ+ अ-

देउखुरी । लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।

तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसियु, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् ।

प्रदेशमा ११ लाख चार हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए।

कोरोना सङ्क्रमण यता लुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार ७६६ जना सङ्क्रमित भएका थिए । प्रदेशभरको कूल जनसङ्ख्याको १९ दशमलव १४ प्रतिशत नागरिक सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस