बाँकेमा एकजना संक्रमितको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाँकेमा एकजना संक्रमितको मृत्यु


१७ माघ २०७८, सोमबार


दाङ । बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

रुकुम पश्चिमको आठविस नगरपालिका–६ का ६५ वर्षीय एक पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

माघ १५ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु भएको पुरुषले खोप नलगाएको पाइएको केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस