बनियानी । झापामा दुई भिन्न घटनामा परी बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
झापाको कनकाई नगरपालिकामा ट्र्याक्टरले किचेर एक बालिका र मेचीनगरमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
कनकाई–७ कप्तानलुङस्थित भित्री कच्ची सडकखण्डमा सोही स्थानका ४५ वर्षीय बालकृष्ण दुलालले घर अगाडि पार्किङ गरी राखेको मे१त ७५४९ नंको ट्र्याक्टर आफैँले स्टार्ट गरी अगाडि बढाउने क्रममा सोही ट्र्याक्टरमुनि खेलिरहेकी आफ्नै छोरी दुई वर्षीया आरोषी दुलालको ट्र्याक्टरको चक्काले किचेर मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी आरोषीलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता थापाले बतताए ।
त्यस्तै हिजो दिउँसो मेचीनगर–३ दुधे गोलाटारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–३ का ४२ वर्षीय मेघेन्द्र विक रहेका छन् ।
सोही स्थानकी पूजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर विक गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।