नेपालद्वारा मौरिसस पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालद्वारा मौरिसस पराजित


१६ माघ २०७८, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिससविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मौरिससलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । एक वर्षपछि टोलीमा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालले पहिलोपटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो ।

नेपालले अब मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मङ्गलबार खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस