माथिल्लो तहको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरिने ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माथिल्लो तहको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरिने !


१५ माघ २०७८, शनिबार


काठमाडौँ । रामप्रसादराई गाउँपालिकाले आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको छ ।

रामप्रसादराई गाउँपालिकाको सभा हलमा सम्पन्न भएको विशेष गाउँ सभा बैठकले कार्य विवरण र जिम्मेवारी पालना नगर्ने, प्रमुख प्रशासकीय अधिकृत र आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णय गरेको पालिकाले जनाएको छ ।

साथै करार सेवा सम्झौता गर्दा स्पष्ट रूपमा कार्य विवरण र जिम्मेवारी तोकेर सम्झौता तथा नवीकरण गर्ने जनाएको पालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन स्तर मूल्याङ्कन तथा नयाँ अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्ड, २०७८ मा भएको कानुनी व्यवस्था बमोजिम मात्र करार सेवामा कर्मचारी व्यवस्थापन गर्नेसमेत जनाएको छ ।

बैठकले सेवा प्रवाहको समीक्षा, राहत वितरण, शिक्षा योजना, स्थानीय सरकारी सेवा सञ्चालन, बेरुजु सम्परीक्षण,नदीजन्य पदार्थ उत्खनन, करार सेवामा कर्मचारी व्यवस्थापन, कोरोना महामारी व्यवस्थापन तथा नियन्त्रण, स्वास्थ्य संस्थाको लेखापरीक्षण, रकमान्तर लगायत विषयमा निर्णय गरेको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस