राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढको औचित्यमाथि प्रश्न उठ्छ: नेता पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढको औचित्यमाथि प्रश्न उठ्छ: नेता पौडेल


१५ माघ २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् ।

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकमा पौडेलले उक्त कुरा राखेका हुन् ।

मुलुकमा राजनीतिक गतिरोध गहिरिँदै गएको अवस्थामा गठबन्धनमा रहेका दलहरूले समाधान खोज्नुपर्ने पौडेलले बताएका हुन् ।
उनले भने, ‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्त्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसद्‌मा एउटा कानुन पास गराउन सक्ने अवस्थामा छैन । कानुन संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था छ । अहिलेको राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरू क्रियाशील भइरहेको देखिन्छ । यस्तो अवस्थामा यो गठबन्धन गम्भीर नहुने हो भने, निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठ्न सक्छ ।’

सत्तारुढ गठबन्धको बैठकले शनिबार साँझ नै फेरि कानुन व्यवसायीसँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने भएको छ । कानुन व्यवसायीहरूसँग छलफल गरेर साँझ ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस