मल र जलाधार क्षेत्र घोषणाको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मल र जलाधार क्षेत्र घोषणाको माग


१५ माघ २०७८, शनिबार


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले शुक्रबार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खाने पानीको स्रोत बढाउन, भक्तपुर नपा सल्लाघारीस्थित चोङा गणेश मन्दिर परिसरलाई साँंस्कृतिक क्षेत्र घोषणा गर्न र भक्तपुरका नवदुर्गा पीठको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्न वनमन्त्री यादवसँग माग गरे ।

भेटमा वनमन्त्री यादवले साँस्कृतिक नगरी भक्तपुरको सार्वजनिक स्थलहरुको संरक्षण र सम्बद्र्धनमा आवश्यक सहयोग गर्ने बताए ।
त्यसैगरि सांसद सुवाल र नगर प्रमुख प्रजापतिसहितको टोलीले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भटेर किसानहरूलाई समयमै सुपथ मूल्यमा पर्याप्त रासायनिक मल उपलब्ध गराउन माग गरे ।

सचिव डा. शर्माले कृषकको मागबमोजिम मन्त्रालयले आवश्यक मलको व्यवस्थापनमा जुटेकाले भक्तपुरलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन पहल गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस