संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : थापा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : थापा


१४ माघ २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले कुनै पनि बहानामा चुनाव सार्न नहुने बताएका छन् ।

संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुने उनको भनाइ छ ।

नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘संविधानमा तिन तहको सरकारको व्यवस्था छ । कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन । यही मान्यताअनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो । कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस