सम्भावित परिणामबाट तर्सिएर गठबन्धनले चुनाव सार्न लागि परेको विष्टको आरोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सम्भावित परिणामबाट तर्सिएर गठबन्धनले चुनाव सार्न लागि परेको विष्टको आरोप


१४ माघ २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले स्थानीय निर्वाचनमा आउन सक्ने परिणामबाट तर्सिएर गठबन्धनले चुनाव नै सार्न लागि परेको आरोप लगाएका छन् ।

विष्टले अविलम्ब स्थानीय तहको चुनावको घोषणा गर्न माग गर्दै फेसबुकमा लेखेका छन्, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन ।’

संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा गठबन्धन आबद्ध दलहरु तल्लीन रहेको विष्टको आरोप छ ।

‘निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गर्न पटक-पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ,’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस