सर्लाहीमा ट्याक्टर र बस ठोक्किँदा २४ यात्रु घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्लाहीमा ट्याक्टर र बस ठोक्किँदा २४ यात्रु घाइते


१४ माघ २०७८, शुक्रबार


काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा ट्याक्टर र बस ठोक्किँदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ ।

भैरहवाबाट वीरगन्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकी राखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज (शुक्रबार) बिहान सवा चार बजे ठोक्किएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि वीरगन्ज पठाइएको छ । अन्य घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस