पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको प्रादेशिक कार्यालय घेराउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको प्रादेशिक कार्यालय घेराउ


१३ माघ २०७८, बिहिबार


सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज (बिहीबार) नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो । अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध कार्यक्रम गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस